जनकपुर । मधेश प्रदेश प्रहरी कार्यालयले "महिनाको उत्कृष्ट प्रहरी छनोट कार्यविधि–२०८३" बमोजिम २०८३ साल असार महिनाको सर्वोत्कृष्ट प्रदेश प्रहरी (Best Province Police of the Month) का रूपमा इलाका प्रहरी कार्यालय महेशपुर पतार, सिरहाका प्रमुख प्रहरी निरीक्षक विशाल मल्ललाई घोषणा गरेको छ।
मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (प्र.ना.म.नि.) ओमप्रसाद अधिकारीले प्रहरी निरीक्षक मल्ललाई प्रशंसापत्र तथा पुरस्कार प्रदान गर्दै सम्मान गरेका हुन्।
प्रहरी निरीक्षक मल्लले आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्दै अपराध नियन्त्रण, शान्ति–सुरक्षा कायम तथा उत्कृष्ट कार्यसम्पादनमार्फत उल्लेखनीय योगदान पुर्याएको मूल्याङ्कनका आधारमा उक्त सम्मान प्रदान गरिएको मधेश प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
यस अवसरमा प्रदेश प्रहरी प्रमुख अधिकारीले उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मानित गर्ने परम्पराले संगठनभित्र व्यावसायिकता, अनुशासन र सेवाप्रतिको समर्पण अभिवृद्धि हुने विश्वास व्यक्त गर्दै प्रहरी निरीक्षक विशाल मल्ललाई बधाई तथा आगामी कार्यकालका लागि शुभकामना व्यक्त गरेका छन्।