पर्सा । पर्साको सखुवा प्रसौनी गाउँपालिका वडा नं १ सीद्धपुरमा महिलाको संकास्पथ अवस्थामा सव फेला परेको छ । स्थानीय सुधिर सिल्वालकी पत्नी ३७ बर्षिया लक्ष्मी सिलवालको सव उनकै गोठमा फेला परेको हो । दुइ सन्तानकी आमा लक्ष्मीको आत्महत्या नभइ हत्या भएको माइती पक्षको आरोप छ । यता घर परिवारका सदस्यहरूको भने घटनाबारे विवादास्पद भनाई बाहिर आएको छ ।
आज विहान गोठको माथिल्लो तलामा झुण्डीएको अवस्थमा सव फेला परेको र आफुहरूले डोरी खोलेको उनकी सासुको भनाई छ भने मृतकका चार बर्षिय छोरा बाबाले ममीलाई लछार पछार गर्दै कुटेको बताइरहेका छन् । मृतकले लगाएको चुरा फरक–फरक तीन स्थानमा फुटेर भूइमा छरिएको देखिएका छन् । लाइलनको डोरीलगाएर झुण्डीएको भनिएका गोठको डाँडा मृतकको तौला धान्न नसक्ने कमजोर कुकाठ देखिएका छन् ।
झुण्डिएको भनिएका काठबाट सजिलै खुट्टाले तला भेटिने हुँदा घटना शंकास्पद रहेको स्थानीयको भनाई छ । घटना स्थलमा पुगेका इकाला प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरिक्षक समुन्नत अधिकारीले भने मृतकको शरिरमा कुनै निलडाम नदेखिएकाले घटना शंकास्पद नरहेको दावी गरेका छन् ।
मृतकका बाबु, ठोरी गाउँपालिका वडा नं ३ निवासी लक्ष्मी सिवाकोटीले घटनाको प्रकृति, परिवारका सदस्यहरूको विवादास्पद भनाई र घटनास्थल अध्यायन गर्दा आत्म हत्या नभई हत्या भएको निश्कर्षमा आफुहरू पुगेको हुँदा दोषि उम्कन नपाउने गरि निश्पक्ष अनुसन्धान हुनु पर्ने माग गरेकाछन् ।