पर्सा । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक (एसपी) सुदीपराज पाठकको काज सरुवा गरिएको छ।
नारायणी अस्पतालमा भएको विवाद, चिकित्सकमाथि भएको दुर्व्यवहार तथा वडा अध्यक्ष पक्राउ प्रकरणपछि उनी विवादमा तानिएका थिए। त्यसपछि उनको काज सरुवा गरिएको स्रोतले जनाएको छ।
उनको स्थानमा प्रहरी उपरीक्षक (एसपी) पवन भट्टराईलाई पर्साको नयाँ प्रहरी प्रमुखका रूपमा खटाइएको बताइएको छ। उनी आज बेलुका ५ बजे हवाई उडानमार्फत पर्सा आइपुग्ने र त्यसपछि जिल्ला प्रहरी कार्यालयमा हाजिर हुने कार्यक्रम रहेको स्रोतको दाबी छ।
स्रोतका अनुसार काज सरुवासँगै एसपी पाठकलाई प्रहरी प्रधान कार्यालय (हेडक्वार्टर) तानिएको छ।
