धनुषा । धनुषाको सबैलाई नगरपालिका वडा नम्बर–१२ स्थित मन्दिर परिसरमा मृत भेटिएका पुरुषको घटनालाई धार्मिक विवादसँग नजोड्न प्रहरीले आग्रह गरेको छ । बिहीबार राति ४० वर्षीय बन्ठु राउत कडेरी हनुमान मन्दिर परिसरमा मृत भेटिएका थिए । सुतेको अवस्थामा मृत भेटिएका उनको शरीरमा चोट लागेको छ ।
धनुषाको हंसपुर नगरपालिका वडा नम्बर–३ मल्हेनीया घर भएका बन्ठु राउत कडेरीको घटना विशुद्ध आपराधिक व्यक्तिहरूबाट भएको देखिएको जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी मधुसुदन न्यौपानेले रातोपाटीलाई बताए । प्रेस विज्ञप्ति मार्फत डीएसपी न्यौपानेले भनेका छन्, ‘यसलाई धार्मिक विवादसँग नजोडी शान्ति कायम राख्नेतर्फ सहयोग गर्न सम्पूर्णमा अपिल गर्दछौँ ।’
कडेरी सो क्षेत्रमा घुमी हिँड्ने व्यक्ति भएको खुलेको छ । तालिमप्राप्त कुकुर परिचालन गरेर प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ । उनको शव पोस्टमार्टमका लागी जनकपुर स्थित प्रादेशिक अस्पतालमा पठाइएको छ ।
