काठमाडौं । नेपाल टेलिकमका पूर्वअधिकृत गंगादत्त भट्ट र उनका साथी विवेक शर्मा एक करोड घुस लेनदेनको छानबिनमा परेका छन्। चिनियाँ ठेकदारसँग खातामै उनीहरूले एक करोड रुपैयाँ घुस लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनमा खुलेको हुन्।
भट्ट टेलिकमकै कर्मचारी हुँदा ठेक्कामा सघाएर घुस लिएका हुन्। पछि पनि दुःख दिएको भन्दै चिनियाँ ठेकदारलाई प्रमाणसहित उजुरी दिएपछि उनीहरू पक्राउ परेका हुन्।
उनीहरू गत २४ असारदेखि अख्तियारको हिरासतमा छन्। चिनियाँले पाएको ठेक्का र सो घुसकाण्डबारे विस्तृत अनुसन्धान भइरहेको आयोगका एक उच्च अधिकारीले बताए।