वीरगञ्ज । उपकार सेवा नेपालले वीरगञ्ज महानगरपालिका–२ छपकैयाका एक जना शारीरिक रूपमा पूर्ण अपाङ्गता भएका असहाय व्यक्तिलाई ह्विलचेयर सहयोग प्रदान गरेको छ।
उक्त ह्विलचेयर उपकार सेवा नेपाल तथा श्रीमती पुष्पा गाडियाको सहयोगमा उपलब्ध गराइएको हो। ह्विलचेयर संस्थाकी अध्यक्ष विद्या कुमारी सरावगीले सम्बन्धित लाभग्राहीलाई हस्तान्तरण गर्नुभएको थियो।
हस्तान्तरण कार्यक्रममा संस्थाका सदस्य सुमन बगेडिया, समाजसेवी प्रकाश थारु, अमर सर्राफ, राजन श्रीवास्तव, रिसु वर्मा, सुरज सर्राफलगायत स्थानीय भद्रभलादमीहरूको उपस्थिति रहेको थियो।
उपकार सेवा नेपालले यसअघि पनि विभिन्न दुर्गम तथा ग्रामीण क्षेत्रमा पुगेर असहाय, निसहाय तथा अपाङ्गता भएका व्यक्तिहरूलाई आवश्यक सामग्री तथा सहयोग उपलब्ध गराउँदै आएको जनाएको छ।
संस्थाले श्रावण महिनाको पहिलो सोमबारको अवसरमा सम्पूर्ण श्रद्धालुहरूमा शुभकामना समेत व्यक्त गरेको छ।