पर्सा । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक (डीएसपी) राजु कार्की पछिल्लो समय आफूलाई प्रचारमुखी रूपमा प्रस्तुत गर्न खोजेको भन्दै विभिन्न कोणबाट टिप्पणी हुन थालेको छ।
स्थानीय सञ्चारवृत्तमा केही मिडियामार्फत आफ्नो कार्यसम्पादनलाई विशेष रूपमा प्रचार गराउने प्रयास भएको चर्चा भइरहेको छ। यस क्रममा केही सञ्चारमाध्यममा उहाँका गतिविधिबारे सकारात्मक समाचारहरू प्रकाशित भए पनि ती समाचारमा उहाँले गरेका उल्लेखनीय वा विशिष्ट कार्यको स्पष्ट विवरण भने समावेश गरिएको देखिँदैन।
कतिपयले प्रहरी संगठनको काम परिणामका आधारमा मूल्याङ्कन हुनुपर्ने बताउँदै प्रचारभन्दा प्रभावकारी शान्ति सुरक्षा, अपराध नियन्त्रण र नागरिक सेवामा केन्द्रित हुनुपर्ने धारणा व्यक्त गरेका छन्।
यद्यपि, यस विषयमा प्रहरी नायब उपरीक्षक राजु कार्कीको आधिकारिक प्रतिक्रिया प्राप्त हुन सकेको छैन । उहाँको भनाइ प्राप्त भएमा समाचार अद्यावधिक गरिनेछ।
तर यो विषयमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले त्यस्तो कुरा नभएको बताए ।