काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित जुरिखेतमा सरकारी गाडी दुर्घटना हुँदा उच्च अदालत वीरगञ्जका मुख्य न्यायाधीश गोकर्ण डाँगीसहित ६ जना घाइते भएका छन् ।
काठमाडौंबाट हेटौँडातर्फ जाँदै गरेको प्रदेश ३-०१-००२ झ ५१८३ नम्बरको सरकारी गाडी मंगलबार बिहान जुरिखेतमा अनियन्त्रित भई सडकबाट करिब १०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।
दुर्घटनाग्रस्त गाडीमा मुख्य न्यायाधीश डाँगीसहित चालक र अन्य चार जना सवार रहेको प्रारम्भिक विवरणमा उल्लेख छ । दुर्घटनापछि स्थानीय तथा प्रहरीले घटनास्थलबाट घाइतेहरूको उद्धार गरी उपचारका लागि अस्पताल पुर्याएका छन् ।
दुर्घटनामा परेको गाडी सडकबाट तल खसेर क्षतिग्रस्त अवस्थामा रहेको छ । घाइतेहरूको अवस्था र दुर्घटनाको कारणबारे प्रहरीले थप विवरण संकलन गरिरहेको जनाएको छ ।