काठमाडौं l रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीपछि मृतकको संख्या निरन्तर बढिरहेको छ। नेपाल प्रहरीका अनुसार हालसम्म विभिन्न जिल्लाबाट ४८९ जनाको शव फेला परेको छ।
फेला परेका शवमध्ये ३९३ जनाको पहिचान अझै खुल्न नसकेको प्रहरीले जनाएको छ। बाढीले बगाएर विभिन्न स्थानमा पुर्याएका शवहरूको पहिचान र व्यवस्थापन कार्य जारी रहेको छ।
प्रहरीका अनुसार शवहरू रसुवा, धादिङ, नुवाकोट, चितवन, तनहुँ, गोरखा, नवलपरासी (बर्दघाट–सुस्तापूर्व) तथा पश्चिम नवलपरासी जिल्लाका विभिन्न क्षेत्रमा फेला परेका छन्।
फेला परेका शवहरू सम्बन्धित जिल्लासहित काठमाडौं, पोखरा, पाल्पा, रुपन्देही र कपिलवस्तुमा राखेर पहिचान तथा आवश्यक प्रक्रिया अघि बढाइएको छ।
उद्धार, खोज तथा पहिचानको कार्य तीव्र रूपमा जारी रहेको प्रहरीले जनाएको छ। बाढी प्रभावित क्षेत्रमा सुरक्षाकर्मी, स्थानीय तह तथा विभिन्न निकायको समन्वयमा खोज तथा राहत अभियान सञ्चालन भइरहेको छ।
पहिचान नभएका शवहरू कहाँ कति ?