बारा । रसुवामा आएको विनाशकारी बाढीपछि बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१८, परासटोल निवासी २३ वर्षीय सुबोध पटेल सम्पर्कविहीन भएका छन्।
परिवारका अनुसार पटेल ४२५३ नम्बरको मालवाहक डिब्बा गाडी लिएर रसुवा गएका थिए। उनीसँग भदौ ९ गते रातिसम्म नियमित सम्पर्क भएको भए पनि भदौ १० गतेदेखि उनी सम्पर्कविहीन रहेका छन्।
बाढीपछिको प्रतिकूल परिस्थितिका कारण उनको अवस्था र अवस्थिति हालसम्म अज्ञात रहेको परिवारजनले बताएका छन्। सम्पर्कविहीन पटेलको मोबाइल नम्बर ९८०५५६९२६८ रहेको छ।
उनका बुवा रामजी पटेलले सम्बन्धित निकाय, सुरक्षा निकाय तथा सर्वसाधारणलाई खोजी तथा उद्धार कार्यमा सहयोग गरिदिन आग्रह गरेका छन्। कुनै व्यक्ति वा संस्थासँग सुबोध पटेलको अवस्थाबारे जानकारी भएमा ९८४४३४७७७३ नम्बरमा सम्पर्क गरी सहयोग गरिदिन परिवारजनले अनुरोध गरेका छन्।
बाढी प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्य जारी रहेकाले परिवारजनले सुबोधको सकुशल खोजीका लागि सबै पक्षसँग सहयोगको अपेक्षा गरेका छन्।