पोखरा । भोटेकोशी बाढीमा मत्यु भएका ७८ वटा शव पोखरामा माटो मुनि व्यवस्थापन गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समिति कास्कीले शजलाई जमिनमुनि व्यवस्थापन गरेको हो।
पोर्टमार्टम तथा डीएनए संकलनसहित पहिचानका लागि आवश्यक पर्ने सम्पूर्ण सबुतहरू सुुरक्षित राखिएपछि पहिचान नभएका शवहरू सामुहिक रूपमा व्यवस्थापन गरिएको कास्कीका प्रमुख जिल्ल अधिकारी कुमानसिंह गुरुङले जानकारी दिए।
पोखरा ल्याइएका १०२ मध्ये सोमबारसम्म जम्मा १६ वटा शव पहिचान गरी आफन्तले बुझेका छन् ।