वीरगञ्ज । नेपाल कम्युनिस्ट पार्टी (एमाले) पर्साले वीरगञ्ज महानगर कमिटीको संयोजकमा सुन्दरप्रसाद कुर्मीलाई चयन गरेको छ।
जिल्ला कमिटीको बैठकको निर्णयअनुसार कुर्मीलाई महानगर कमिटीको नेतृत्व सम्हाल्ने गरी संयोजकको जिम्मेवारी सुम्पिएको एमाले पर्साका अध्यक्ष डा. विश्वम्भर कुमार शर्माले जानकारी दिएका छन्।
महानगर क्षेत्रमा पार्टी संगठनलाई थप सुदृढ, व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले यो निर्णय गरिएको अध्यक्ष शर्माले बताए। नवनियुक्त संयोजक कुर्मीलाई पार्टीको नीति, विधान र निर्देशनअनुरूप वीरगञ्ज महानगरभित्र संगठन विस्तार तथा राजनीतिक गतिविधिहरूलाई तीव्रता दिने दायित्व दिइएको छ।
कुर्मीको नेतृत्वसँगै वीरगञ्ज महानगरपालिकामा एमालेको साङ्गठनिक गतिविधिले नयाँ गति लिने र पार्टी थप सक्रिय हुने अपेक्षा लिइएको छ।