वीरगञ्ज। भाइटीकाको पावन अवसरमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्रद्वारा टीका ग्रहण कार्यक्रम सम्पन्न भएको छ। केन्द्रले वीरगञ्जको छपकैया र बिर्तास्थित ओम शान्ति आश्रममा छुट्टाछुट्टै समय निर्धारण गरी टीका ग्रहण कार्यक्रम आयोजना गरेको हो।
केन्द्रका भाइजी गोवर्धन प्रसाद चौधरीका अनुसार बिहान ७ बजेदेखि १० बजेसम्म छपकैया र बेलुका ४ बजेदेखि ७ बजेसम्म बिर्तास्थित ओम शान्ति आश्रममा टीका ग्रहण कार्यक्रम सञ्चालन गरिएको थियो।
कार्यक्रममा करिब २५० जना भन्दा बढीको सहभागिता रहेको थियो। सहभागीहरूले ब्रह्माकुमारी राजयोग सेवा केन्द्रकी क्षेत्रीय सञ्चालिका रविना दिदीको हातबाट टीका तथा आशीर्वाद ग्रहण गरेका थिए।
कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका पूर्वमेयर विजयकुमार सरावगी, नेता प्रभु हजरा, ओमप्रकाश श्राप, बाबुराम कौशल, प्रदीप चौरसिया, समाजसेवी पशुपति विक्रम शाह, लक्ष्मी कलवारलगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
भाइटीकाको अवसरमा आयोजित कार्यक्रममा आपसी प्रेम, सद्भाव, आध्यात्मिक चेतना र पारिवारिक एकताको सन्देश प्रवाह गरिएको थियो।