बीरगंज १८ मंसिर : पर्साको पकाहा मैनपुर गाउँपालिका वडा नं ०२ निवासी हृदयनारायण प्रसाद कुशवाहा आफनै गाउँका मानिसबाट लुटिएका छन्। हृदयनारायण प्रसाद कुशवाहा बजारबाट किनमेल गरी साँझ करिब ०७ः३० बजेको समयमा आगो बालनका लागि पराल लिन गोठमा जाँदै गर्दा सोही ठाउँ निवासी प्रमा साहको घर अगाडि १०÷११ जनाको समुहले कुटपिट गरेका छन ।
कुटपिट गरेका व्यक्तिहरू मध्ये चन्द्रिका प्रसाद पटेलले लछारपछार गरी भुइँमई लडाएर आफू संग रहेको ५० हजार रकम लुटेको आरोप लगाएका छन ।
दोषी माथि कारवाही गरी आफ्नो लुटिएको रकम फिर्ता गर्न मांग गर्दै श्री सुरक्षा वैश क्याम्प सुर्जहा कट्टीमा निवेदन दिएका छन्। पीडित कुशवाहाले छोरीको विवाहको लागि बैंक बाट रकम निकाली समान खरिद गरी बाँकी ५० हजार साथमा रहेकोले रकम चन्द्रिका प्रसाद पटेलले कुटपिट गरि लुटेको निवेदनमा उललेख गरेका छन्।