वीरगन्ज २५ मंसिर : नेपालमा कोरोना भाइरस (कोभिड–१९) का सङ्क्रमितको सङ्ख्या दुई लाख ४५ हजार ६ सय ५० पुगेको छ । बिहीबार थप एक हजार दुई सय १७ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । त्यस्तै गएको २४ घण्टामा एक हजार ६४ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या दुई लाख ३१ हजार ६ सय एक पुगेको छ । अब नेपालमा १२ हजार तीन सय ८६ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् ।