वीरगन्ज ५ पुष : बाराको सिमरामा स्थानिय युवा तथा सरकारी निकायाका प्रतिनिधिहरु संग अनौपचारिके अन्तरक्रिया कायार्यक्रम सम्पन्न भएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को युवा संगठन राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको अनौपचारिके अन्तरक्रिया कायार्यक्रको प्रमुख अतिथि रहेका संघीय सासंद महेश बस्नेतले युवा शक्ति कुनै पनि देशको राजनैतिक¸ आर्थिक र सामाजिक परिवर्तनको संवाहक रहेको बताउनु भयो । वाहाले युव समूह जनसङ्ख्याको सर्वाधिक सक्रिय¸ उर्जावान र गतिशिल समूह पनि रहेको हो । हरेक राजनैतिक परिवर्तनलाई संस्थागत गर्न र राष्ट्र निर्माणमा युवाहरुको महत्वपूर्ण भूमिका रहेको धारण राख्नु भयो । हरेक देशको विकास र प्रगतिमा युवाको योगदान नै प्रमुख हुने गरेको छ । अबकोे निर्वाचनमा बुढापाखालाई नभइ युवालाई अगाडि लाउनु पर्ने जिकिर गर्नु भयो । अहिले नेकपामा भइरहेको पार्टी विवादलाई युवा संघले पनि आफ्नो कर्तव्य निभाउनु पर्ने जोड दिनु भयो । कायाक्रमको अतिथिको रुपमा रहनु भएका संघीय सासंद किशन श्रेष्ठले पनि आफ्नो मन्तव्य दिएका थिए । कार्यक्रममा राष्ट्रिय युवा संघ नेपाल पर्साका अध्यक्ष निजामुदिन , केन्द्रीय सदस्य विकास रौनियार , ओविसी महासंघ पर्साका अध्यक्ष अखलेश साह , रवि रौनियार , पत्रकार संजिव मिश्रा र स्थानिय युवा नेता लगायतको उपस्थिति रहेको थियो । अन्तरक्रया कार्यक्रमको सहजिकरण राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य विकास रौनियारले गर्नु भएको थियो ।