वीरगन्ज ५ पुष : राष्ट्रिय युवा संघ नेपाल पर्साका अध्यक्ष महम्द निजामुदिन (निजाम ) ले प्रधानमन्त्री ओलीले लाएको सासंद विघटन एकदम स्वागतपुणः रहेको बताउनु भएको छ । आज आईतबार प्रधानमन्त्री केपी शर्मा ओलीले सासंद विघटन गरेको सिफारिस राष्ट्रपति विद्यादेवी भण्डारीले सदर गरेपछि अहिले चर्चा सुरु भएको छ । नेकपाको विवादले आज प्रधानमन्त्री ओलीले यस्तो अवस्थामा पुगेको अध्यक्ष निजामले बताउँनु भयो ।
पार्टीकै नेताहरुले गुटउपगुट बनाएर राष्ट्रपतिविरुद्ध महाअभियोग गर्दा कसैले केहि बोलेन् । यती मात्रै नभएर यहाँसम्म कि प्रधानमन्त्रीविरुद्ध अविश्वास र पार्टी फुटाउन हस्ताक्षर सबै हर्कत गरेर सिध्याउन समेत खोजको थिए । प्रधानमन्त्री ओली सधै जनताको हितमा काम गर्दै आउदासमेत पार्टीका केहि नेताहरु त्यो कामको पनि विरोध गर्न कतिको ठिक हो ।
उनले भने अहिलेकोे अवश्यकता सुधारको लागि प्रधानमन्त्री ओली नै चहिन्छ । पार्टी बैठकमा कोरोना माहामारी , समृद्ध रास्ट्र निर्माण , पार्टीको आम हितको एजेन्डा भन्दा मलाई यो भएन र पुगेन भन्ने सौदा बाजिको बहुमतको धाक लागाउने ।
सरकारको विरुद्ध बहुमतको नाममा कुनै पनि निर्णय हुन नदिने , सधैं असहयोग गर्ने कतिको उचित रहेको छ । बाध्यताबस सासंद विघटन भएको हो । सासंद विघटनको समर्थन र ताजा जनादेश नै अहिलेको विकल्प रहेको हो ।