वीरगन्ज २० पुष : बिन्दवासिनी गाउपालिकामा हिजो निश्शुल्क आखा शिविर सम्पन्न भएको छ । गापाको आर्थिक सहयोग र सृजनशील विकास केन्द्र प्रालि, पर्साको आयोजना तथा माट्रिका आई फाउन्डेशनको समन्वयमा गापाको वडा नं. ३ झौवामा निश्शुल्क आखा शिविर भएको हो । शिविरको उदघाटन गापा अध्यक्ष श्रीलाल साह मोदीले गर्दै गरीब, विपन्न, दलित समुदायलाई लक्षित गरेर शिविर सञ्चालन गराएको बताए । उदघाटन समारोहमा निमित्त प्रशासकीय अधिकृत नरेश चौहान, लेखा अधिकृत मिथिलेश कुशवाहा, बिपद् व्यवस्थापन गुल्म पर्साका प्रहरी निरीक्ष्ँक सरोज प्रजापति, इलाका प्रहरी कार्यालय, पोखरियाका प्रनि दीपक थापा, बिओपी अमरपट्टीका सशस्त्र प्रहरी निरीक्षक निरन्जन कार्कीलगायतको सहभागिता थियो । शिविरमा माट्रिका आई फाउन्डेशनका महेशसिंह धामी लगायतको टोलिले प्राविधिक सहयोग गरेका थिए । आज सम्पन्न शिविरमा १०८ जनामा मोतीबिन्दु देखिएको गापा स्वास्थ्य संयोजक रामेश्वर चौरसियाले बताए । उनले मोतीबिन्दु भएका बिरामीहरूलाई यही पुस २५–२७ गतेसम्म तीन दिन शल्यक्रिया गरिने बताए ।