वीरगन्ज २४ पुष : वीरगन्ज महानगरपालिकाले भर्खरै पर्साबाट सरुवा हुनुभएकी प्रहरी उपरीक्षक गंगा पन्तलाई सम्मान गरेको छ । कोरोना कहरमा नागरिकको जीवन रक्षाकालागि उहाँले निर्वाह गर्नु भएको भूमिका महत्वपूर्ण रहेको भन्दै बीरगंज महानगरपालिकाले उहाँलाई सम्मान गरेको हो ।
कोरोनाकालमा जिल्लामा शान्ति सुरक्षा व्यवस्थापनदेखि कोरोना संक्रमण नियन्त्रणमा खेलेको भूमिकालाई उच्च मूल्याकंन गर्दै नेपाल सरकारले पंतलाई प्रवल जनसेवा श्री चौथोबाट पुरस्कृत पनि गरेको छ ।एक वर्ष पर्साको प्रहरी प्रमुखको रुपमा रहनु भएकी पन्तले नागरिकको जीवन रक्षाकालागि खेलेको भूमिकाका कारण उहाँ पर्सामा जन जनको मन मस्तिष्कमा बस्न सफल हुनु भएको छ ।एक वर्षे कार्यकालमा इमान र निष्ठामा रहेर उहाँले काम गर्नु भएको भन्दै पर्साबासीले मुक्त कण्ठले प्रशंसा गर्ने गरेका छन ।
नागरिकको यही भावनाको प्रतिनिधित्व गरेर बीरगंज महानगरले उहाँलाई सम्मान सहित बिदाई गरेको हो ।कोभिड महामारीको बेलामा कोरोना संक्रमण नियन्त्रण र रोकथाममा अग्रमोर्चामा रहेर आम नागरिकको जीवन रक्षाका लागि वीरगन्ज महानगरपालिकाकासँग समन्वयकारी भूमिका खेल्नुभएको र आइसोलेसन व्यावस्थापन, सामुदायिक परीक्षण तथा अस्पतालहरुमा संक्रमितलाई पु¥याउने काममा समेत खेल्नुभएको महत्वपूर्ण भूमिकाको उच्च सम्मान गर्दै उहाँलाई महानगरपालिकाको तर्फबाट सम्मान गरिएको हो ।
प्रहरी उपरीक्षक पन्तलाई आज महानगरपालिका प्रमुख विजय कुमार सरावगीले सम्मान पत्र सहित विदाई गर्नुभएको हो । महानगरपालिकामै आयोजना गरिएको कार्यक्रममा प्रहरी उपरीक्षक पन्तलाई दोसल्ला ओढाएर सम्मान पत्र सहित महानगरपालिकाका नगर प्रमुख सरावगीले विदाई गर्नुभएको हो ।कार्यक्रममा महानगरपालिकाकी उपप्रमुख शान्ति कार्की, प्रमुख प्रशासकीय अधिकृत प्रदीप कुमार निरौला लगायतको उपस्थिति रहेको थियो ।