वीरगंज ।अगामी जाडोलाई मध्य नजर गर्दै उपकार सेवा नेपाल नामक संस्थाले छात्रछात्राहरुलाई न्यानो स्बिटर बितरण गरेको छ ।
जाडोमा कोहि छात्रछात्राहरुलाई चोसोका कारण कुनै किसिमको समस्या नहोस भन्ने उद्येश्यका साथ अगामी चिसो र शितलहरबाट बच्नका लागि स्बिटर बितरण गरेको हो ।
बीरगंज महानगरपालिका वडा नम्बर ३२ मा रहेकोका श्रीमति मनमिश्रा आधारभुत बिद्यालयका चार सय ६५ जना छात्रछात्राहरुलाई न्यानो स्बिटर बितरण गरिएकोे संस्थाका केन्द्रिय सदस्य सज्जन अग्रवालले बताउनु भयो ।
स्बिटर बितरण गर्दै केन्द्रिय सदस्य अग्रवालले छात्रछात्राहरुलाई न्यानो स्बिटर बितरण गरेर आफुलाई धेरै खुसी लागेको बताउँदै अगामी दिनमा अपाङहरुलाई मध्य नजर गर्दै व्हील चेयल बितरण गर्ने कार्यक्रम रहेको र यस्ता समाजिक कार्यहरु गर्न यो संस्था संधै तत्पर रहने बताउनु भयो ।
उपकार सेवा नेपाल संस्थाका केन्द्रिय अध्यक्ष बिद्यादेबी सरावगीको अध्यक्षतामा आयोजित कार्यक्रममा संस्थाकी सदस्य श्रीमति सुमन बगरिया, बिद्यालयका प्रधानाध्यापक राजाराम साह, बिद्यालय ब्यवस्थापन समितिका पदाधिकारी, शिक्षक शिक्षिका, अभिभावक लगायतको उपस्थिती रहेको थियो ।
उक्त संस्था बिभिन्न समाजिक कार्यहरु गर्दै आएको छ । यसघी संस्थाले गरिब समुदायहरुलाई कम्बल बितरण गरेको केन्द्रिय सदस्य अग्रवालले बताउनु भयो ।