महिला हिंसा विरुद्धको १६दिने अन्तर्राष्ट्रिय अभियान अन्तर्गत क्याप्टिभेटिनङ इन्टर नेशनल फाउन्डेसन,आसमान नेपाल, महालक्ष्मी बचत तथा ऋण सहकारी संस्था, आशिष नेपालको सहयोगमा ठोरी गाउँ पालिकाको आयोजनामा आज ठोरी ३ ढुंगे बजारमा महिला हिंसा सम्बन्धी अन्तरक्रिया तथा रयाली कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा प्रमुख अतिथि ठोरी गाउँ पालिका कि उपाध्यक्ष गोकुली रेग्मीले अझ पनि समुदायका महिलाहरु हिंसा विरुद्ध लडन शसक्त नभएको बताउनुभयो। समुदायमा पुरूषहरूबाट आफ्नै घरमा महिला तथा बालबालिकाहरु हिंसा को सिकार हुने गरेको बताइन। पुरूष हरु रक्सी खाएर घरमा स्वास्नीलाई कुटपिट गर्ने, बहुविवाह गर्ने, बलात्कार का घटनाहरू अझै पनि देखिन्छ।यो रोकथाम का लागि महिलाहरु आफैं शसक्त हुनु पर्ने मा जोड दिनुभयो। महिला हिंसा रोक्न आफैबाट शुरुवात गर्नु पर्ने कुरा बताइन। कार्यक्रममा गयानुमाया जोसी, महिला सदस्य बृतमाया विक, सपिका मगर, निला राम, रोसन सुनार, पत्रकार बिमला गुप्ता लगायतकाले मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रम सञ्चालन आसमान नेपाल ठोरीका पालिका संयोजक धरमेन्द्र चौरसियाले गरेका थिए। भन्ने सहजिकरण कल्पना घिमिरे ले गरेका थिइन्। कार्यक्रम पछि रयाली निकालेका थिए। महिला बिकासको भवन बाट बिभिन्न नारा लेखिएका प्लेकार्ड सहित निस्केको रयाली गाउँ परिक्रमा गरी वाडा कार्यालय मा पुगेर समापन भएको थियो।