वीरगन्ज । नेकपा एमाले पर्साले कमिटीको सचिवालय बैठकले गरेको कारवाहीमा सत्यता नरहेको जिल्ला कमिटी सचिव एवं छिपहरमाई गाउँपालिका अध्यक्ष मनोज गुप्ता बताएका छन् ।
सचिव गुप्ताले फेसबुक स्ट्याटस लेखदै नेकपा एमाले सचिवालय कमिटी पर्साले केन्द्रिय सदस्यसहित १४ जना माथि गरिएको कारवाहीमा कुनै सत्यता नरहेको बताएका छन् ।
सचिव गुप्ताले केही सञ्चार माध्यमबाट नेकपा एमाले पर्सा कमिटीले जिल्ला इन्चार्ज सहित अधिकांस पार्टी सदस्यलाई कारवाही गरिएको कुरा जानकारी भएको हुँदा पार्टीको निर्णय एउटा व्यक्तिबाट नहुने भएकोले पार्टी संगठन , विधि र पद्दतीबाट चल्ने भएकोले एक जनाले गरेको कारवाही सदर नहुने बताउनु भयो ।