आनन्द पटेल
वीरगञ्जमा हुन लागेको ‘मानवताको लागि सांगीतिक यात्रा’ नेपथ्य लाईभ कन्सर्टको तयारी पुरा भएको छ । करिब १८ बर्षपछि मंसिर १९ गते सोमबार अपरान्ह आर्दशनगर स्थित रंगशालामा सांगीतिक यात्रा’ नेपथ्य लाईभ कन्सर्ट हुने भएको छ । शनिबार आयोजित पत्रकार सम्मेलनमा मानव सेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले देशभरी मानव सेवा आश्रमको आफ्नै भवन निर्माण र अक्षयकोष स्थापना गर्ने उद्येश्य लाईभ कन्सर्ट गर्न लागेको बताउनु भयोे । वीरगञ्जको आदर्शनगर रङ्गशालामा पाँच हजार भन्दा बढी दर्शकको सहभागितामा उक्तकार्यक्रम गर्ने लक्ष्य रहेकोे छ । मानव सेवा आश्रमको भवनका लागी सहयोग स्वरुप एक हजारका टिकट पनि बिक्रि वितरण गरीएको आयोजकले जनाएको छ । वीरगञ्जमा हुने कन्सर्टका लागि नेपथ्य सांगीतिक समुहको टोली वीरगञ्ज आईपुगेको छ । अब वीरगन्ज महानगरपालिका १५ स्थित लक्ष्मणवा नौतनमा झण्डै रु १५ करोडको लागतमा भवन निर्माण गर्न लागिएको छ । उक्त भवन निर्माणका लागि आर्थिक जोहो गर्न समेत यस नेपथ्य लाइभ कन्सर्टले सघाउ पु¥याउने विश्वास लिएको आयोजकले जनाएको छ । बिगत १० बर्षमा आश्रमले देशभरीबाट ७ देखी ८ हजार मानिसलाई सडकबाट उद्धार गरेको छ । पत्रकार सम्मेलनमा कार्यक्रमका संयोजक गणेश लाठ, मानव आश्रम अभिभावक पर्सा संयोजक डां दिपक शाक्य, लगायत संचारकर्मीहरुको उपस्थिती रहेको थियो ।