बीरगन्ज । मधेस प्रदेश सभा निर्वाचन प्रत्यक्ष को परिणाम आइसकेको छ र समानुपातिक तर्फको सम्पुर्ण मतगणना सकिसकेको छ । मधेस प्रदेश बाट समानुपातिक को मतगणना सम्पन्न भएता पनि राजनैतिक पार्टी हरुले पेश गरेको बन्दसूची बाट निर्वाचित को घोषणा निर्वाचन आयोगले गरेको छैन ।
४३ सिट रहेको समानुपातिक मा राजनैतिक पार्टीहरुलाई प्राप्त मत अनुसार काग्रेस ले ९, एमाले ले ८, जनमत पार्टी ले ७, जसपाले ६, माओवादी केन्द्रले ४. एकीकृत समाजवादी ले ३, लोसपाले २, राप्रपा नेपाल संघीय समाजवादी र नागरिक उन्मुक्ति पार्टी ले १/१ सिट पाउने भएको छ । समानुपातिक निर्वाचनबाट नेकपा एमालेबाट पल्टी देवी यादव, फुलों कुमारी देवी, विना देवी शर्मा, राजपती देवी पासवान, , जैनव खातुन, पल्टी देवी महरा, मन्जु कुमारी थापामगर र जयचन्द प्रसाद पटेल निर्वाचित हुनेछन्।
काग्रेसबाट रेखा ठाकुर, जिवछी कुमारी यादव, इन्द्र कुमारी साह, अन्जना पण्डित, शकुन्ती देवी महरा, नुरुल नेसा, मीना कुमारी लामा, कुमार कान्त झा, राकेश कुमार सिंह को नाम तय छ । जनमत पार्टी बाट बविता कुमारी राउत, अनिता कुमारी साह, रन्जु कुमारी मण्डल, सपना दर्जी, चन्दन कुमार सिंह, ऋषिकेश ठाकुर र सत्य नारायण खत्वे रहेको छ जसपा बाट विन्दु कुमारी यादव, किरण कुमारी साह, शोभा देवी देव, ललिता दास, सहिदा खातुन, मनिष कुमार सुमन को नाम पर्ने निश्चित छ । माओवाद केन्द्रबाट विन्दु कुमारी यादव, माला कर्ण, शारदा पहारी, झलकु यादव छन् । एकीकृत समाजवादीबाट सीता कुमारी साह, रत्नेश्वर गोइत, सुरेन्द्र लाल कर्ण को नाम रहेको छ लोसपाको रुपा कुमारी यादव, अन्जु देवी बैठा राप्रपाबाट शम्भु प्रसाद यादव नेपाल संघीय समाजवादी बाट मोहम्मद मोसाहिद हुसैन र नागरिक उन्मुक्ति बाट उर्मिला देवी सिंह को नाम तय देखिन्छ ।
पर्साबाट नेकपा एमाले का विणा शर्मा र काग्रेसबाट राकेश सिंह मात्र समानुपातिक को निर्वाचित सदस्य मा पर्ने देखिन्छ ।