वीरगंज । कृषि क्षेत्र र गैर कृषि क्षेत्रमा छुट्टयाउनु पर्ने व्यवस्था तत्काल छुट्याई जग्गा जमीनको किता काट गर्नका लागि सम्बन्धित निकायमा पठाउनका लागि नेपाली कांग्रेस पर्सा क्षेत्र न ३(ख)का सचिव राकेश कुशवाहा सहितको टोलीले पकाहामैनपुर गाउँपालिकामा ध्यान आकर्षण पत्र बुझाएका छन् ।
सचिव कुशवाहा सहितका टोलीले गाउँपालिका कार्यवाहक अधिकृत सन्तोष सराफलाई भेटी ध्यान आकर्षण पत्र बुझाएको हो । कृषि क्षेत्र र गैर कृषि क्षेत्रमा छुट्टयाउनु पर्ने व्यवस्था तत्काल छुट्याईऐन भने जग्गा जमीनको कीता काट रोकिने र किता काट रोकिएको जनताहरूलाई धेरै समस्या भएकोले तत्काल छुट्याउन ध्यान आकर्षण गराइएको उनले बताए।
कृषि क्षेत्र र गैर कृषि क्षेत्रमा छुट्टयाई २३ गते भित्र बुझाउनु पर्ने भएमा २२ गते भित्र नबुझाएमा ससक्त आन्दोलनमा उत्रने सचिव कुशवाहाले बताए ।
गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदी भने अनुपस्थित रहेका थिए ।ध्यान आकर्याण पत्र बुझदै कार्यवाहक अधिकृत सराफले २२ गते हामी कृषि क्षेत्र र गैर कृषि क्षेत्रमा छुट्टयाउई समन्धित निकायमा बुझाउने बताएका थिए ।