दिनेश मिश्र
वीरगंज । पर्साको पोखरीया नगरपालिकामा महिलाहरुलाई रोजगारी दिने स्वरूप अगरबती बनाउने ७ दिने तालिम सम्पन्न भएको छ । पोखरिया नगरपालिकाको सहयोगमा श्री ग्रामिण उर्जा खानेपानी तथा कृषि प्रर्बधन सेवा केन्द्र प्रा.लि.को आयोजना अगरबती बनाउने तालिम सम्पन्न भएको हो । २०७९।०८।१५ गते देखि २०७९।०८।२१ गते सम्म भएको तालिममा पोखरिया नगरपालिका वडा नं.३ बसन्तपूर र फूलवरीयाका ३० जना महिलाहरुको सहभागिता रहेको थियो । सहभागि भएका महिलाहरुले अगरबति बनाएर नगरपालिकाकी उपप्रमुख रुवि ठाकूर समक्ष प्रस्तूत गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै महिलाहरुले अगरबती बनाउने तालिम गरेपछि आफनै अगरबती उद्योग स्थापना गरेर घरको खर्च चलाउन सकिने मन्तब्य राखेकी हुन । हाम्रो समाजमा घरको जूनसूकै खर्च गर्न पूरुषसंग नै माग्नू पर्ने अवस्था रहेकोले महिलाहरुले पनि आत्मनिर्भर बन्नू पर्नेमा उपमेयर ठाकूरले जोड दिनू भएको थियो ।पोखरिया नगरपालिका वडा नं.३ वसन्तपूरका वडा अध्यक्ष रामप्रवेश महतो चाईको अध्यक्षता र पोखरिया नगरपालिकाका उपप्रमूख रुवि ठाकूरको प्रमूख आतिथ्य तथा अतिथिमा पोखरिया नगरपालिकाका नि.प्रशासन प्रमूख विजय झा, सामाजिक विकाश शाखा प्रमूख बालमिकि साह, सहायक नरेन्द्र साहको उपस्थिती रहेको थियो ।