बिरगंज । परिवर्तनको लागि राजनीतिक समूहले आज पर्सा जिल्लाको जिल्ला प्रशासन कार्यालय पुगेर सेवाग्राहीहरुको समस्याको बारेमा निमित्त कार्यालय प्रमुख महेश राज तिमिल्सिना सङ्ग ध्यानाकर्षण गराइयो । जिल्ला प्रशासन कार्यालयबाट उपलब्ध हुने सेवा जस्तै नागरिकता नागरिकता प्रतिलिपी, राष्ट्रिय परिचयपत्र तथा राहदानी को लागि आउने सेवाग्राहीहरु लाई त्यस कार्यालयका कर्मचारीहरुले अनावश्यक समस्या उत्पन्न गराइ दुख दिई रहेको सेवाग्राहीहरुको आरोप छ । त्यसता समस्याहरुलाई समाधान गरि सेवाग्राहीको सेवालाई सरल र सुविधा सम्पन्न तरिकाले उपलब्ध गराउन माग गरेकोछ । परिवर्तनको लागि राजनीति समुहका सलाउदिन अहमद, मुकेश द्विबेदी, सुजित गिरि, श्याम गुप्ता, सन्दीप साह, उमाशन्कर गुप्ता नन्दलाल रौनियार लगायत को उपस्थिति रहयो ।