वीरगञ्ज । पर्साका किसानहरुले जिल्लामा रहेका सम्पूर्ण पेट्राेलियम पम्पहरुको अनुगमन गर्न माँग गरेका छन । सोमबार जिल्लाका किसानहरुले पर्साका प्रमुख जिल्ला अधिकारीमार्फत बाणिज्य तथा आपुर्ति मन्त्रालयलाई त्रापन पत्र बुझाउदै पम्पहरुको अनुगमन गर्न माँग गरेका हुन ।
किसान हकहित सँघर्ष समिति पर्साका अध्यक्ष सहरुम राउत गदीको नेतृत्वमा पुगेको किसानहरुको टोलीले ज्ञापन पत्र पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाललाई बुझाएका थिए ।
ज्ञापनपत्र मार्फत उनीहरुले जिल्लामा रहेको पेट्रोल पम्पहरुले अपुर्ण तौलको डिजेल किसानहरुलाई बितरण गरिरहेकोले समबन्धित निकायले अनुगमन गर्नुपर्ने माँग राखेका छन ।
उनीहरुले डिजेल पेट्रोल बिक्रेताहरुले पेट्रोलियम पदार्थ मापन यन्त्र बिगारेर खुलेआम रुपमा कम तेल बिक्री बितरण गरिरहेको आरोप ज्ञापनपत्र मार्फत लगाएका छन । पटक पटक जिल्लास्थित नापतौल कार्यालयलाई यस बिषयमा जानकारी गराउदा समेत कुनै सुनुवाई नभएकोले मन्त्रालय स्तरिय टोली नै पर्साका पेट्रोल पम्पहरुको अनुगमन गर्नुपर्ने किसानहरुले ज्ञापनपत्र मार्फत आग्रह समेत गरेका छन ।