नेपाल पत्रकार महासंघ पर्सा शाखाको नियमित बैठक आज सम्पन्न भएको छ । शाखाका अध्यक्ष अनुप तिवारीको अध्यक्षतामा बसेको बैठकले विभिन्न निर्णय गरेको छ ।
नेपाल पत्रकार महासंघ पर्सा शाखाको सभाहलमा बसेको बैठकले पर्सा शाखाको सदस्यता नविकरण गर्ने र नयाँ सदस्यता वितरण गर्ने आवेदन आहवान गरेको छ ।
अगामी पौष २१ गतेदेखि माघ २८ गतेसम्म पर्सा शाखा साधारण सदस्यले आफ्नो सदस्यता नविकरण गराउन निर्णय भएको उपाध्यक्ष युवराज खड्काले जानकारी दिए ।
उनका अनुसार साधारण सदस्यले नेपाल पत्रकार महासंघ पर्सा शाखा सभाहलमा बिहान १० बजे देखि ५ बजे सम्म सदस्यता दस्तुर तिरेर नविकरण गराउनु पर्नेछ ।
यस्तै पौष २१ गते देखि नयाँ सदस्यताका लागि आवेदन आहवान भएको छ । नयाँ सदस्यताका लागि माघ १५ गते सम्म आवेदन दिन सकिने ब्यवस्था मिलाइएको उपाध्यक्ष खड्काले बताए ।
साथै भर्खरै सम्पन्न भएको शाखा , प्रदेश र केन्द्र साधारणसभा सफल तुल्याउन भुमिका निर्वाह गरेका पुर्व अध्यक्ष , कार्यसमिति र सम्पुर्ण पर्सेली पत्रकारलाई धन्यवाद ज्ञापन गरेको छ ।
यस्तै पत्रकार महासंघले स्थापन गरेको स्वर्गीय नरेश स्मृति अक्षयकोष स्थापना गरेको खाता नविल बैंकमा खोल्ने निर्णय गरेको छ ।