जनकपुरधाम । मधेश प्रदेश सभाको सबैभन्दा ठूलो दल नेकपा एमाले संसदीय दलको नेतामा सरोज यादव चयन भएका छन् । मधेश प्रदेश पार्टी कमिटीले दलको नेतामा यादवलाई चयन गरेको हो ।मंगलबार जनकपुरमा एमाले संसदीय दलको बैठक थियो । आकांक्षीहरु बढी भएपछि दलको नेता चयन गर्ने जिम्मा प्रदेश कमिटीलाई दिइएको थियो । प्रदेश कमिटीले यादवको नाम चयन गरेको एक जेताले जानकारी दिए । एमाले केन्द्रीय सदस्य समेत रहेका यादव महोत्तरी क्षेत्र नं.४ (क) बाट निर्वाचित भएका थिए ।दलको नेताका लागि एमाले केन्द्रीय सदस्य समेत रहेकाहरु रामचन्द्र मण्डल, हरिनारायण महतो, राजकुमार लेखी लगायत दाबेदार रहेका थिए । मधेश प्रदेशको सबैभन्दा ठूलो दल नेकपा एमालेका २३ सांसद छन् ।