वीरगन्ज । पर्साको पटेर्वासुगौली गाउँपालिकामा सुरक्षीत विद्यालय पुनः संचालन सम्बन्धि विद्यालय स्तरीय कार्यशाला गोष्ठी कार्यक्रम आज सम्पन्न भएको छ ।
शिक्षा विकास निर्देशनालय मधेस प्रदेशको आयोजनामा नेपाल राष्ट्रिय माध्यमिक विद्यालय सुगौली दा.प.को प्राङ्गणमा विद्यालय स्तरीय कार्यशाला गोष्ठी सम्पन्न भएको हो ।
गोष्ठीमा पटेर्वासुगौली गाउँपालिकाको १२ वटा सामुदायिक विद्यालयका प्रधानाध्यापक विद्यालय व्यवस्थापन समिती अध्यक्षहरु सहभागी भएका थिए ।
पालिकाको शिक्षा राम्रो बनाउन तथा महामारी पछि सुरक्षित विद्यालय पुन: संचालन सम्बन्धी विद्यालय स्तरीय कार्यशाला गोष्ठी आयोजना गरिएको गोष्ठीका प्रशिक्षक मित्रदेव प्रसाद यादवले जानकारी दिए ।
उनका अनुसार विद्यालयको विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना बनाउन प्रमुख उदेश्यले यो तालिमको आयोजना गरिएको हो ।गोष्ठी कार्यक्रममा पालिकाका शिक्षा प्रमुख शम्भु साह र तालिम प्राप्त प्रधानाध्यापक श्याम घिमिरेले दिएका थिए ।गोष्ठी कार्यक्रम पालिकाको शिक्षा शाखा प्रमुख साहको अध्यक्षता सम्पन भएको थियो ।