वीरगञ्ज । पर्सा प्रहरीले स्रोत नखुलेको १२ लाख २० हजार रुपैया सहित वीरगञ्जबाट एकजनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका वडा नम्बर १७ बस्ने वर्ष १९ को राजन कुमार साह रहेका छन ।
विषेश सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको विशेष टोलीले जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नम्बर २५ सिर्सिया स्थित सडक खण्डमा बीआर ०५ एई ३५५६ नम्बरको मोटरसाईकल रोकी चेकजाँच गर्दा साहले लगाएको हेलमेट तथा कालो ज्याकेट भित्र लुकाई छिपाई राखेको श्रोत नखुलेको नेपाली १२ लाख २० हजार रकम फेला परेको पर्साका प्रहरी नायव उपरीक्षक दिपक गिरीले जानकारी दिए ।
रकम बरामद गरी मोटरसाईकल सहित साहलाई नियन्त्रणमा लिई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बिरूद्वको कसूरमा थप अनुसन्धान तथा कारवाही भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।