बीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्साले बिल बिजक भन्दा बढी लत्ताकपडाहरू लोड रहेका ट्रक नियन्त्रणमा लिएको छ ।
बिल विजक भन्दा बढी लत्ताकपडाहरू बोकेको ट्रक ICP बाट वीरगञ्जतर्फ आउदै गरेको ना २ ख ८५१९ नम्बरको मालवाहक ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
वीरगञ्ज महानगरपालिका वडा नं. १७ अलौ स्थित सडकखण्डमा ना २ ख ८५१९ नम्बरको मालवाहक ट्रकलाई रोकी जाँच गर्ने क्रममा सागर ट्रान्सपोर्टको ट्रकमा विल बिजक संकास्पद देखिएको हुँदा उक्त ट्रक नियन्त्रणमा लिई हेर्दा ३४ लाख १३ हजार बराबरको बिभिन्न किसिमका लत्ताकपडाहरू फेला पारी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता दिपक गिरी ले बताउनु भएको छ ।