रामजी यादव
वीरगन्ज । पर्साको बहुदरमाई नगरपालिका वडा नं. ३ को टोल पदमौलमा वडा स्तरीय बजेटबाट बाटो र नाला ढलान निर्माणको काम सुचारु भएको छ । नगरपालिका वडा नं.३ को वडा स्तरीय बजेटबाट तिस लाखको लागतमा सो नाला र बाटो ढलान निर्माको काम सुरु भएको वडा कार्यालयले जनाएको छ । वडा नं.३ का वडाध्यक्ष दिनेश प्र. यादवले पूर्व वडाध्यक्षको कार्यकालमा बाँकी रहेको नाला र बाटोलाई पहिलो प्राथमिकतामा राखी निर्माणको काम तिव्र गतिमा शुरु गरिएको बताए ।बहुदरमाई नगरपालिका वडा नं.३ को टोल नगरदाहा र पदमौलको बिच भागमा रहेको बाटोको कामलाई थप बजेट प्रयोग गरि मुख्य बाटो सम्म पुर्याउने वडाध्यक्ष यादवले बताए ।