वीरगञ्ज । कठ्याग्रिदो जाडो बढेसँगै बिन्दबासिनी गाउँपालिकाले ५ वटै वडामा आगो ताप्ने व्यवस्था मिलाएको छ ।
५ वटै वडाका वडाअध्यक्षलाई वडा वडामा आगो ताप्ने व्यवस्था मिलाउनका लागि प्रत्येक वडाका वडा अध्यक्षलाई दाउरा वितरण गरेका छन् । आवश्यक स्थानको पहिचान गरी आगो ताप्न गाउँपालिकाले वडा कार्यालय मार्फत दाउरा उपलब्ध गराएको छ । फेरि सितलहरी सुरु भएकाले ठाउठाउँमा दाउरा पठाएर आगो ताप्ने व्यवस्था मिलाउन गाउँपालिका अध्यक्ष प्रमोद तिवारीले बताउनुभयो ।
आवश्यक परेका ठाउँमा आगो बाल्न दाउरा तत्काल पुर्याउने व्यवस्था मिलाइएको बताउँदै अध्यक्ष तिवारीले जरुरत परेको ठाउँमा स्थानीय जनप्रतिनिधिसँग समन्वय गरी दाउरा माग गर्न आग्रह गरे । वडाको चौक चौकमा आगो ताप्ने व्यवस्था समेत वडा अध्यक्षहरु संग आग्रह समेत गरे ।