वीरगन्ज । बिन्दबासिनी गाउँपालिका वडा नं २ को आर्थिक सहयोग तथा सोन्दर्य डेभलपमेन्ट एंड स्कील प्रालिको आयोजनामा स्वास्थ्य सम्बन्धी जनचेतना मुलक तालिम आज सम्पन्न भएको छ ।
सम्पन्न कार्यक्रममा बोल्दै अतिथि एवं वडा अध्यक्ष मुक्ति प्रसाद कुर्मीले तालिममा सिकेका कुराहरु व्यवहारमा लागु गर्ने तथा स्वास्थ्य सम्बन्धी सबैले एकजुट भएर काम गर्नुपर्ने बताए तालिममा सिकेका कुराहरू आफैमा सिमित नराखी समाजमा पनि आदान प्रदान गर्नु पर्ने बताए ।
पहिलो समुहको तालिम २०७९/०२७ गते देखि १० / ०१ गते सम्म र दोश्रो समुहको तालिम १०/०२ गते देखि १०/६ गते सम्म ७८ जनाको सहभागीतामा गाउँपालिकाको वडा नं २ मा रहेको श्री राधा कृष्ण माध्यमिक विद्यालय बहुवार्वामा तालिम सम्पन्न भएको छ । स्वास्थ्य सम्बन्धी जनचेतना मुलक कार्यक्रम तालिममा वडाका ७८ जना महिलाहरुको सहभागिता रहेको कार्यक्रमका अध्यक्षता गरिरहनु भएका वडा नं २ का वडा अध्यक्ष मुक्ति प्रसाद कुर्मीले जानकारी दिए ।
कार्यक्रममा पालिकाका जनप्रतिनिधि र कर्मचारीहरु , तथा स्थानिय नेता तथा महिलाहरूको सहभागिता रहेको थियो।