आन्न्द पटेल
बारा । बाराको प्रसौनी गाउँपालीका वडा नं २ स्थित श्री उपलब्धी बचत तथा क्रण सहकारी संस्थाको १० औ वार्षिक उत्सवको उपलक्ष्यमा सोमबार श्री बेंगा साह उच्च माध्यमिक बिधालयका छात्राहरुलाई स्वीटर बितरण गरिएको छ । कार्यक्रमका प्रमुख अथिती वडा नं २ का वडा अध्यक्ष हृदयनारायण साह तेलीले विधालयका छात्राहरुलाई स्वीटर बितरण गरेका थिए । साथै उनले सराहणनिय कार्यमा आफुलाई सहभागी गराएकोमा संस्थाका समपुर्ण टिमलाई धन्यबाद दिए । प्रमुख अतिथी साहले संस्थाको उत्तर, उत्तर प्रगतीको कामना गरेका थिए । कार्यक्रममा बिधालयका प्रधानाध्यापक मनोज कुमार साह, बिधालयका शिक्षक, शिक्षिका, बिधार्थी लगायत संस्थाका पधादीकारीहरुको उपस्थित रहेको थियो । कार्यक्रम संस्थाका अध्यक्ष अमित कुमारको अध्यक्षतामा समपन्न भएको थियो । संस्थाका अध्यक्ष अमीत कुमार साहले कार्यक्रम सफल पार्नमा सबैलाई धन्यबाद दिदै आउदा दिनमा अझ मिहिनेतका साथ उस संस्थालाई लोकप्रिय ढङले अगाडी बढाउने प्रतिबद्धता जनाएका थिए ।