वीरगन्ज । पर्साको बिन्दबासिनी गाउँपालिका अध्यक्ष प्रमोद तिवारीले दैनिक नयाँ काम गरी उदाहरणियको रूपमा बन्दै गएका छन् । उदाहरणिय कार्यहरुमा सबैको प्रशंसा र सहयोग रहन्छ । दिनहुँ पालिका भरिका सांस्कृतिक कलाकारहरुको रुचि घट्दै गएको कलाकारहरुको नमुना बनाउने प्रयासका साथ लागिपरेको पुर्वकलाकारहरुको सपना करिब साकार हुने अवस्थामा पुगिसकेको छ। त्यही साकारतालाई अझ पुर्णता प्रदान गर्न गाउँपालिका अध्यक्ष तिवारीले पालिका भित्र रहेका सांस्कृतिक कार्यक्रम गर्ने कलाकारहरुको लागि आज हार्मोनियम सहयोग गरेका हुन् ।
पालिका मै एक कार्यक्रमको अवसरपारी सो सामग्री सांस्कृतिक कार्यक्रम एक जना कलाकारलाई गाउँपालिका अध्यक्ष तिवारी र प्रमुख प्रशासकीय अधिकृत राजु साहले प्रदान गरेका थिए । कार्यक्रममा कलाकारहरुले तारिफ गर्दै सुधारको पक्षमा साथ दिनुहुने सम्पुर्णलाई धन्यवाद व्यक्त गर्दै, सक्रियताको प्रशंसा गरे । साथै सहयोगी मनलाई धन्यवाद दिदै अगामी दिनहरुमा पनि साथ, सहयोग र समन्वयको आशापनि रहेको कलाकारहरुले बताएका छन् ।
"हाम्रो संस्कृतिको जगेर्ना हाम्रो दायित्व" हार्मोनियम सहयोग गरिएको पालिका अध्यक्ष तिवारीले बताउनु भयो । शिक्षा स्वास्थ संगै हाम्रो कला र संस्कृतिको जगेर्ना प्रति गाउँपालिका पूर्ण प्रतिबद्ध रहेको गाउँपालिका अध्यक्ष तिवारीले बताउनु भयो ।