काठमाडौं । नेपाल प्रहरीका २२ नायब उपरीक्षक (डीएसपी) लाई प्रहरी उपरीक्षक (एसपी) मा बढुवाका लागि सिफारिस गरिएको छ ।
शुक्रबार बसेको बढुवा समितिको बैठकले २२ डीएसपीको बढुवा सिफारिस गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
बढुवा सिफारिसको पहिलो नम्बरमा प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालय नक्सालमा कार्यरत गौतमकुमार केसी रहेका छन् । उनले ९२.४५४३ नम्बर पाएका छन् । यस्तै दोस्रो स्थानमा रहेकी बसुन्धरा खड्काले ९२.४२१० नम्बर पाएकी छन् । उनी हाल मानव बेचबिखन अनुसन्धान ब्यूरो पिलर १ नेपाल भारत र अंग तस्करीमा कार्यरत छिन् ।
९२.००४३ नम्बरका साथ तेस्रो स्थानमा अपिलराज बोहरा छन् । उनी अपराध अनुसन्धान विद्यालय प्रशासन शाखा महाराजगन्जमा कार्यरत छन् ।
