वीरगञ्ज। वीरगञ्जबाट प्रहरीले भन्सार छली ल्याइएको ७४ बोरा चामल नियन्त्रणमा लिइएको छ।
विभिन्न किसिमका चामल भन्सार छली वीरगञ्जमा ल्याई अनधिकृत रूपमा भण्डारण गरी राखेको सूचनाको आधारमा प्रहरीले वीरगञ्ज–११ रानीघाटमा छापामारी गरेको थियो। उक्त क्रममा रानीघाटस्थित प्रकाशकुमार गुप्ताको पसलअगाडि लुकाइ छिपाइ राखिएको ७४ बोरा चामल नियन्त्रणमा लिइएको पर्साका प्रहरी प्रबक्ता डिएसपी दीपक गिरीले बताए।
नियन्त्रणमा लिइएको चामलको मूल्य एक लाख २० हजार ८७८ कायम गरी आवश्यक कारवाहीको वीरगञ्ज भन्सार कार्यालयमा पठाइएको गिरी जानकारी दिए।