वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले बिल बिजकभन्दा बढीको हार्डवेयर, स्टेशनीरी, खुद्रा तथा लत्ताकपडा लोड रहेको ट्रक पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीको टोलीले वीरगंजबाट रौतहटतर्फ जाँदै गरेको अवस्थामा बुधवार बिहान करिब ५ बजेको समयमा वीरगंज महानगरपालिका वडा नं.१६ नगवा स्थित बाईपास सडकखण्डमा ना.८ख. ३५८४ नम्बरको मालवाहक ट्रक चेकजाँच गरि पक्राउ गरेको हो ।
नारायणी ट्रासपोर्टबाट पठाईएको ट्रकमा विल बिजक संकास्पद देखिएको हुँदा उक्त ट्रक नियन्त्रणमा लिई हेर्दा ३१ लाख ८९ हजार ९ सय ३६ बराबरको हार्डवेयर, स्टेशनरी खुद्रा तथा लत्ताकपडा लगायतका सामानहरू फेला पारिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी दीपक गिरीले जानकारी दिए ।
उनले समान सहितको ट्रक थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको बताए ।