जिल्ला बाराको फेटा गाउँपालिका वार्ड नं १ मा बसोबास गर्दै आइरहेका ४० वर्षीय दीनानाथ दस तत्वा र २४ वर्षिय रामनारायण दास तत्वा बीच निर्वाचित वाड अध्यक्ष बिगन दास तत्माको रहोबरमा जमीनको भाग भण्डा लगाउने क्रममा वादविवाद सृजना भएको थियो। वादविवाद हुँदा हुँदै पनि एक अर्काले आआफ्नो घर निर्माण गर्न तीर लागेका थिए। सोही घर निर्माणको क्रममा एकले फेरि अर्का माथि "मेरो बढी जमीन तिमीले कब्जा गरेको छौ" भने विषय लिएर वादविवाद उठाएको हुनाले सोही वादविवाद सुल्झाउन त्यही वडा को वार्ड अध्यक्ष ले सानो बैठक राखी उक्त विषय बारे छल्फल गर्न समेत केही टोल वासीको पनि सहभागी रहेको थियो।


दिनानाथ दास तत्माले आफ्नो तर्फबाट सोही वार्ड निवासी ३३ वर्षिय हितलाल दास तत्मा लाई बोलाएका थिए। विगतका दिनमा हितलाल दास तत्माको पनि भाग भण्डा निर्वाचित वडा अध्यक्षको रहोबरमा लागेको कुरामा वादविवाद चल्दै आएकोछ र यसमा पनि वादविवाद हुँदै छ भने कुरा दिनानाथले वडा अध्यक्ष संगै बसी रहेका हितलाल लाई भन्दै गर्दा ती वडा अध्यक्ष धाक धम्की दी चुप लागेर बस भनी ,,, हितलाल ले ती दिनानाथको कुरामा सहमति जनाउँदा त्यही बेला त्यो वार्ड अध्यक्षले हितलाल दास तत्मा लाई निर्घात कुटपिट गरेका छन् । कुटपिट पश्चताप हितलाल दासले जिल्ला बाराको जिल्ला प्रहरी कार्यालयमा उजुरी गराई सक्दा पनि केही सुनवाई नभएको गुनासो गर्नु भएको छ।