युनाईटेड नेपाल फाउन्डेसन द्वारा आयोजना भएको इन्टर स्कुल वक्तित्वकला प्रतियोगितामा बिरगंजका विभिन्न स्कुलका छात्रछात्राले भाग लिएका थिए।सो वक्तित्वकला प्रतियोगिताको शिर्षक "समाजमा सामाजिक संस्थाको कर्तव्य" रहेको थियो।
सो कार्यक्रमका प्रमुख अतिथि बिरगंज महानगरपालिकाका उप-मेयर इम्तियाज आलम , अतिथिमा प्रहरी निरीक्षक बिदुर शिवाकोटि , प्रहरी निरीक्षक मणिराम थापा ,प्रहरी वरिष्ठ उपरीक्षक टेक बहादुर कार्की र विभिन्न संघ संस्थाका पदाधिकारी, विभिन्न स्कुलका छात्र तथा छात्रा लगायतको उपस्थित थियो ।
उक्त प्रतियोगिता सस्थाका अध्यक्ष आकश कुमार दासको सभापतित्वमा सम्पन भएको थियो।प्रतियोगितामा बिजय भएको प्रथम,दोश्रो तथा तेस्रो छात्रछात्रालाई प्रमुख अतिथी उप-मेयर इम्तियाज आलमले प्रमाणपत्र तथा मायाको चिनो आफ्नो हातले प्रदान गरेका थिए।