वीरगन्ज । सिवर्वा युवा क्लब पोखरीया पर्साद्वारा आज एक कार्यक्रमका बिच वृक्षा रोपन कार्यक्रम सम्पन्न भएको छ। क्लबको आयोजनामा पोखरिया नगरपालिका नगर प्रमुख प्रदुमन प्रसाद चौहानको प्रमुख अतिथिमा एक कार्यक्रमका बीच पोखरीया नगरपालिका वार्ड नं ९ को सेमरबारी चौकमा रहेको सार्वजनिक धर्मशालामा बृक्षा रोपन भएको हो ।
आफ्नो समाज ,आफ्नो राष्ट्र आफै सफा बनाऔं जस्तो मूल नाराका साथ यस कार्यक्रमलाई विशेष प्राथमिकता राखी यस पोखरीया नगर क्षेत्रलाई हरा भरा बनाउनु उदेश्यले कार्यक्रम आयोजना गरिएको कल्बका अध्यक्षले बताए ।
कार्यक्रममा पोखरीया नगरपालिकाको प्रमुख प्रशाकीय अधिकृत देवेंद्र सापकोटा , वडा अध्यक्ष नौसाद आलम , कल्बका अध्यक्ष रुपेश कुमार चौहान , स्थानिय नेता मुक्तार देवान , शिक्षक मोझामिल मिया , उपाध्यक्ष मजबुलाह मिया , कोषध्यक्ष गौरीशंकर साह , सह-सचिव मुम्ताज आलम , सदस्य अरुण प्रसाद चौहान , सदस्य संजय कुमार चौहान , सदस्य रुपेश साह लगायत स्थानीय युवा र भद्रभलादमीको उपस्थिति रहेको थियो।