बीरगंज । पर्साको पोखरीया नगरपालिकाको कार्यालय अगाडिबाट मोटरसाइकल चोरी गर्ने क्रममा एक जना चोरलाई नगर प्रहरीले रङ्गेहात पक्राउ गरेका छन् ।
आज बिहान ११ : ०० बजे नगरपालिकाको कार्यालय अगाडिबाट प्रदेश नम्बर २ -०३ -०१४ प ४०१३ नम्बरको होण्डा साइन मोटरसाइकलको लक् खोल्दै गरेको अवस्थामा पोखरीया नगरपालिकाको वडा नं ७ रानीगन्ज बस्ने तैयब अन्सारीलाई नगर प्रहरीले रङ्गेहात पक्राउ गरेको थियो ।
मोटरसाइकल चोर्ने क्रममा पक्राउ परेका अन्सारीलाई आवश्यक कारवाहीको लागि इलका प्रहरी कार्यालय पोखरीया पठाइएको नगरपालिकाले जनाएको छ
।