वीरगंज । पर्साको बिरगंज महानगरपालिकाको वडा नं. २२ रहेको श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय जगरनाथपुरको विद्यालय व्यवस्थापन समिति आज गठन भएको छ ।
दिनेश ठाकुरको अध्यक्षतामा सर्वसहमत विद्यालय व्यवस्थापन समिती गठन भएको विद्यालयका प्रधानाध्यापक नन्दकिशोर गिरीले जानकारी दिए ।
नवगठित विद्यालय व्यवस्थापन समितिको सदस्यमा रामज्योती देवी अहिरिन , बालकुँवर कुर्मी , लालमुनी देवी , महमद आलम हवारी , राजेन्द्र प्रसाद यादव , लख रजिया दुसादिन , लक्ष्मण यादव चयन भएका छन् । समितिको सदस्य सचिवमा विद्यालयका प्रधानाध्यापक नन्दकिशोर गिरी रहेका छन् ।