वैशाख । बीरगन्जमा केही सातादेखि विद्युत् आपूर्ति अनियमित बन्न थालेको छ । वैशाखको पहिलो सातादेखि विद्युत् आपूर्ति अनियमित बन्न थालेको हो ।
अत्यधिक गर्मी र लामो समयदेखि वर्षा नभएर नेपालका जलविद्युत् आयोजनाका जलाशयमा पानी कम भएपछि बिजुली उत्पादनमा कमी आएको र भारतमा लोकसभा चुनाव चलिराख्दा त्यहाँबाट विद्युत् आयात कम हुँदा बीरगन्जमा विद्युत् माग धान्न धौधौ भइरहेको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र बीरगन्जले जनाएको छ ।
वितरण केन्द्र बीरगन्जका प्रमुख अवधेश दुबेका अनुसार अहिले बीरगन्जमा दैनिक करीब तीन सय मेगावाट विद्युत्को माग रहेकामा करीब २५० मेगावाट मात्र आपूर्ति भइरहेकोले विद्युत् सेवा प्रभावित भएको बताए
यता, बीरगन्जमा २४सैं घण्टा विद्युत् अनियमित हुँदा सर्वसाधारण उपभोक्तादेखि बीरगन्ज–पथलैया औद्योगिक कोरिडोरमा सञ्चालित उद्योगहरू पनि प्रभावित भएका छन् । एकजना उद्योगीका अनुसार दैनिक छ घण्टाभन्दा बढी अघोषित लोडसेडिङ भइरहेको छ ।
बीरगन्ज र ग्रामीण क्षेत्रका विभिन्न फेडरमा समेत छिनछिनमा विद्युत् कट्ने समस्याले सर्वसाधारण उपभोक्ता मारमा परेका छन् ।