वीरगञ्ज । नेकपा एमालेको जनवर्गीय संगठन राष्ट्रिय युवा संघ नेपालको पर्सा जिल्ला संयोजकमा दीपक पटेल मनोनीत भएका छन् ।
राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय कमिटीको दोस्रो सचिवालय बैठकले पटेललाई पर्सा जिल्ला संयोजकको जिम्मेवारी दिने निर्णय गरेको हो ।
यसअघि जिल्ला उपाध्यक्षको जिम्मेवारीमा रहेका पटेललाई केन्द्रीय कमिटीको निर्णयअनुसार नयाँ जिम्मेवारी दिइएको हो । उपाध्यक्षका रूपमा संगठनका विभिन्न गतिविधिमा सक्रिय रहँदै आएका पटेलले अब पर्सा जिल्लामा संगठनको नेतृत्व गर्नेछन् ।
केन्द्रीय कमिटीको निर्णयसँगै पटेलले पर्सामा राष्ट्रिय युवा संघ नेपालको संगठन विस्तार तथा गतिविधिलाई अघि बढाउने जिम्मेवारी पाएका छन् ।
