वीरगञ्ज। भोजपुरी भाषाका भिष्मपितामह पंडित दीपनरायाण मिश्र समाजको लागि एक ऐना भएको वक्ताहरुले बताएका छन ।
वहाँको जिवन निकै सरल रहेकोले जो सुकैले सहज तरिकाबाट पढन सकने पनि बताएका छन । भोजपुरी भाषाका भिष्मपितामह पंडित दीपनरायाण मिश्रको पाँचौ स्मृति सभामा वक्ताहरुले सो कुरामा जोड दिएका हुन । नेपाल भोजपुरी समाजको आयोजनामा वीरगञ्जको मधेश बिश्व बिद्यालयमा आयोजना भएको सो स्मृति सभा भाषा आयोगका सदस्य गोपाल अस्कको प्रमुख आतिथ्यथामा भएको हो ।
कार्यक्रममा प्रमुख अतिथि अस्कले वहाको शालिक निमार्णमा स्थानिय सरकारले कञ्जुसियाई गरिरहेको समेत आरोप लागाउनु भयो । भोजपुरी भाषाको संवर्दनमा पंडित मिश्रको निकै ठुलो योगदान भएकोले वहाँको नाममा मार्गको नामाकन हुनु पर्न पनि प्रमुख अतिथि अस्कले जोड दिनु भयो ।
कार्यक्रममा बरिष्ठ साहित्यकार डा.बिश्वमबर शर्मा, राम प्रसाद साह,सचितानन्द सिंह, ओमप्रकाश सिकारीया, बिजय किशोर पाण्डेयलगायतले पंडित मिश्रको जिवनीको बारेमा चर्चा गरेका थिए । कार्यक्रमको संचालन नेपाल भोजपुरी समाजका उपाध्यक्ष रितुराज पटेलले गरेका थिए ।