दुर्गा प्रसाईंका समर्थकले जनकपुरधामस्थित एभरेष्ट बैंकमा लगाएको ताला प्रहरी खोलेको छ।
सोमबार प्रसाईं समर्थकले निकालेको ‘नागरिक बचाउ अभियान’ र्यालीमा सहभागीहरुले बैंकको मूल गेट तालाबन्दी गरेका थिए।
ऋण तिर्न दबाब दिएका कारण बर्दियाका खुशीराम चौधरीले आत्महत्या गरेको भन्दै उनीहरु एभरेष्ट र ज्योती विकास बैंकमा तालाबन्दी गर्न पुगेका हुन्।
प्रसाईं समर्थक समूहले बैंकको मूल गेटम तालाबन्दी गरेको केहिबेरमै प्रहरीले साे ताला खाेलेकाे धनुषा प्रहरीले जनाएकाे छ।
ऋणीलाई आत्महत्या गर्नसम्म बाध्य पारेको भन्दै प्रसाईंका समर्थकहरुले बैंक तथा वित्तीय संस्थाविरुद्ध प्रदर्शन जारी राखेका छन्।